सनराइज क्यापिटलमा निःशुल्क डिम्याट खाता
काठमाडौं । सनराइज क्यापिटल लिमिटेडले निःशुल्क डिम्याट खाता खोल्न सकिने सुविधा ल्याएको छ । क्यापिटलले ‘नेपाल सरकारको एक नेपाली एक डिम्याट खाता’ अभियानलाई सार्थक बनाउने उद्देश्यसहित जेठ १६ देखि असार मसान्तसम्म सम्पूर्ण ग्राहकलाई निःशुल्क डिम्याट खाता खोल्न सकिने सुविधा ल्याएको हो ।
क्यापिटलको यस सुविधा तथा अभियानबाट विशेषत पुँजीबजारबाहिर रहेका गृहणी, विद्यार्थी तथा नयाँ लगानीकर्तालाई विशेष फाइदा पुग्नुका साथै सर्वसाधारण व्यक्तिमा डिम्याट खाताको पहुँचमा वृद्धि हुने कम्पनीले विश्वास लिएको छ । सर्वसाधारणलाई लक्षित गरी ल्याइएको यस्ता कार्यक्रमले सर्वसाधारणलाई पुँजी बजारमा प्रवेशका लागि अवसरका साथै समग्र बजारमा लगानी वृद्धिलाई समेत सहयोग पुग्नेछ ।
यस सुविधाका लागि सनराइज क्यापिटल लिमिटेडको केन्द्रीय कार्यालय कमलपोखरी तथा सनराइज बैंक लिमिटेडका सम्पूर्ण शाखा कार्यालय र सनराइज क्यापिटल लिमिटेडको वेबसाइटबाट पनि प्राप्त गर्न सकिने कम्पनीले जानकारी दिएको छ ।
प्रतिक्रिया