शनिबार, असार २१, २०८२

प्रतिनिधिसभाको बैठकमा विनियोजन विधेयक स्वीकृत

नेपालखोज २०७८ भदौ २९ गते १३:५९

काठमाडाैं । प्रतिनिधिसभाको बैठकले विनियोजन विधेयक २०७८ लाई विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत गरेको छ ।

मंगलबार (आज) बसेको प्रतिनिधिसभा बैठकले प्रमुख प्रतिपक्षी दल नेकपा(एमाले)को अवरोधका बिच अर्थमन्त्री जनार्दन शर्माले प्रस्तुत गरेको विनियोजन विधेयक २०७८ लाई विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत गरेको हो । सभामुख अग्निप्रसाद सापकोटाले विनियोजन विधेयक २०७८ लाई विचार गरियोस् भन्ने प्रस्ताव प्रतिनिधि सभा बैठकको बहुमतले स्वीकृत गरेको घोषणा गरे ।

बैठकले २०४८ सालमा राष्ट्रिय सभामा मनोनीत हाल नेपाली कांग्रेसका नेता रुक्मशमशेर जबरा र २०६४ सालमा नेपाली कांग्रेसको तर्फबाट समानुपातिक सदस्य मानबहादुर महतोको निधनप्रति सर्वसम्मत् रुपले शोक प्रस्ताव पनि पारित गरेको छ । प्रतिनिधि सभाको आगामी बैठक असोज ४ गते सोमबार बिहान ११ बजे बस्ने सभामुख अग्निप्रसाद सापकोटाले बताए ।

प्रतिक्रिया