माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक सर्यो, कुरा नमिले धेरै नेताले पार्टी छाड्ने

काठमाडाैं । नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक सरेको छ । बैठक १ बजे मात्र सुरु हुने बताइएको छ ।
एमसीसीले उत्पन्न तीव्र विरोधका बीच माओवादीको बैठक बस्न लागेको हो । बैठक राष्ट्रिय सभागृहमा बस्दैछ । आज ११ बजे सुरु हुने भनिएको बैठक आन्तरिक विवादले सरेको हो । एमसीसी अनुमोदन भएपछि प्रचण्ड घेराबन्दीमा परेका छन् । उनीसँग पार्टीका अधिकांश नेता असन्तुष्ट छन् ।
व्याख्यात्मक घोषणासहित एमसीसी पास गर्ने पार्टीको निर्णयमा नेताहरु नारायणकाजी श्रेष्ठ, कृष्णबहादुर महरा, देव गुरुङ, गिरिराजमणि पोखरेल, लीलामणि पोखरेल लगायतको फरक मत छ । केन्द्रीय समिति बैठकमा एमसीसीको विषय लिखित रुपमै राख्ने उनीहरुको तयारी छ ।
११ देखि १८ पुसमा सम्पन्न माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशनले पदाधिकारी चयनको अधिकार केन्द्रीय कमिटीलाई दिएको थियो । माओवादीले २४७ सदस्यीय केन्द्रीय कमिटी चयन गरिसकेको छ । अब केन्द्रीय कमिटी बैठकले वर्तमान राजनीतिक घटनाक्रमबारे समीक्षा गर्दै पदाधिकारी चयनबारे छलफल गर्ने छ ।
माओवादीमा पदाधिकारी बन्न पनि नेताहरुको दाैडधूप छ । उनीहरु निर्वाचन नहुने अवस्थामा प्रचण्डलाई मनाएर महत्वपूर्ण पद हत्याउने रणनीतिमा छन् । महासचिव बन्न पनि नेताहरुको तीर्व दाैडधूप छ ।
प्रतिक्रिया