पत्रकारको निःशुल्क दुर्घटना बिमा

नेपालखोज २०७८ भदौ २९ गते १४:२७

काठमाडाैं ।नेपाल पत्रकार महासंघ पाल्पाले पत्रकारको निःशुल्क दुर्घटना बिमा गरेको छ । शाखामा आबद्ध सदस्य तथा कर्मचारी गरी १०१ जनाको दुर्घटना तथा उपचार खर्च बिमा गरिएको हो ।

महासंघद्वारा प्रत्येक पत्रकारको रु एक लाख बिमाङ्कको दुर्घटना बिमा १० हजार रुपैँया बराबरको उपचार खर्चसहितको बिमा गरिएको महासंघका अध्यक्ष रेखिराम रानाले बताए। महासंघले सेवा प्रदायक कम्पनी सगरमाथा इन्स्योरेन्स कम्पनीसँग बिमा सम्झौता गरेको छ ।

बिमित व्यक्ति बिरामी भई उपचार गर्दा लागेको खर्चमा अधिकतम् १० हजार रुपैँया खर्च कम्पनीले बेहोर्ने छ भने कुनै पत्रकारको दुर्घटनामा परी मृत्यु भएमा एक लाख रुपैँया कम्पनीले उपलब्ध गराउने महासङ्घका कोषाध्यक्ष मुक्तिप्रसाद न्यौपानेले जानकारी दिए । रासस

प्रतिक्रिया