बिहीबार, वैशाख १३, २०८१

एप्पलको वाच, आइप्याड र AirPods पनि आजै सार्वजनिक हुने

नेपालखोज २०७८ भदौ २९ गते १५:५७

काठमाडौं । एप्पलको यो वर्षको सबैभन्दा ठूलो लन्चिङ इभेन्ट सुरु हुन अब केही घण्टा मात्र बाँकी छ । एप्पलका धेरै प्रशंसक तथा प्रयोगकर्ता उक्त इभेन्टको पर्खाइमा छन् ।

आज राति १०:४५ मा सुरु हुने भर्चुअल इभेन्टमा एप्पलको आइफोन-१३ सिरिजका आइफोन-१३, आइफोन-१३ मिनी, आइफोन-१३ प्रो र आइफोन-१३ प्रो-म्यक्स स्मार्टफोन त लन्च हुने नै छन् साथमा AirPods 3, Watch Series 7 तथा Apple iPad mini 6 पनि सार्वजनिक हुनेछन् ।

Watch Series 7
एप्पलले आज आफ्नो लेटेस्ट Watch Series 7 पनि बजारमा उतार्दै छ । यो घडी स-साना बेजेल्स र फ्लाट-किनारा भएको डिजाइनमा आउने बताइँदै छ । यसमा एउटा सानो एस सेभेन चिप्स रहनेछ जसले ठूलो ब्याट्री र अन्य कम्पोनेन्टसका लागि बढि स्पेस दिनेछ ।

यो चिप्ससेट ताइवानको एएसई प्रविधिमा आधारित रहनेछ । यो घडीको ब्याट्री पहिलेको तुलनामा बढी शक्तिशाली भएको दाबी गरिँदै छ ।

एप्पल iPad mini 6
एप्पल iPad mini 6 लेटेस्ट फिचर्सका साथ आउँदै छ । यसको अगाडिको ब्रेजेल्स अल्ट्रा-थिन रहनेछ । एप्पलले आफ्नो यो आइप्याडको भोल्यूम बटन माथि दिएको बताइन्छ भने पावर बटन भोल्युम बटनको अपोजिटमा रहनेछ । यसको डिस्प्ले ९ इन्चको छ र यो ए-१४ बायोनिक प्रोसेसरले सुसज्जित छ । यसको अन्तर्राष्ट्रिय बजार मूल्य ५० हजार रुपैयाँ जति हुने अनुमान छ ।

AirPods 3
एप्पलको यो इभेन्टमा थर्ड जेनरेसनको AirPods पनि सार्वजनिक हुँदै छ । AirPods 3 नाम दिईएको यो AirPods को डिजाइन AirPods Pro कै जस्तो छ । यो AirPods मा एउटा वायरलेस चार्जिङ केस पनि प्राप्त हुनेछ । जसमा पहिलेको तुलनामा बीस गुणा ठूलो ब्याट्री राखिएको छ । यसको मूल्यबारे अहिलेसम्म कुनै जानकारी आइसकेको छैन ।

प्रतिक्रिया