बिहीबार, जेठ २, २०८२

बस र ट्रक ठाेकिँदा १० जना घाइते

नेपालखोज २०७८ भदौ ३० गते १०:३९

काठमाडौं । सुर्खेतको भेरीगंगा नगरपालिका–५ मा बस र ट्रक ठाेकिँदा १० जना घाइते भएका छन् । घाइते सबैलाई उपचारका लागि नेपालगन्ज मेडिकल कलेज कोहलपुर लगिएकाे छ । एकजनाको अवस्था गम्भीर रहेको अस्पतालले जनाएकाे छ ।

सुदूरपश्चिम प्रदेश–०१–०० ख २५०६ नम्बरको ट्रक र बबईबाट छिन्चुतर्फ जाँदै गरेको ना ७ ख ६३६५ नम्बरको बस गए राति करिब पौने ११ बजे ठोक्किएका थिए । दुवै सवारीसाधन प्रहरीकाे नियन्त्रणमा रहेका छन् ।

प्रतिक्रिया