राष्ट्रियसभाको बैठकमा एमालेकाे अवरोध कायमै, असोज ५ गते बस्ने गरी आजको बैठक स्थगित

नेपालखोज २०७८ भदौ ३० गते १२:१७

काठमाडौं । राष्ट्रियसभाको बुधबारको बैठकमा पनि प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले अवरोध कायमै राखेपछि बैठक स्थगित भएको छ ।

बुधबार बैठक सुरु हुनासाथ एमालेका सांसदहरुले उभिएर विरोध जनाएपछि राष्ट्रिय सभा अध्यक्ष गणेश प्रसाद तिमल्सिनाले कार्यसूचीको मुख्य दुई विषयलाई हटाएर शोक प्रस्ताव मात्रै पारित गरेर बैठक स्थगित गरेका हुन् । राष्ट्रियसभाकाे बैठक आउँदो असोज ५ गते बस्ने गरी आजको बैठक स्थगित गरिएको छ ।

प्रतिक्रिया