शुक्रबार, चैत १६, २०८०

आइफोन-१३ सार्वजनिक, एप्पल वाच सिरिज-७ मा पनि परिवर्तन

नेपालखोज २०७८ भदौ ३० गते १३:५९

काठमाडौं । एप्पलले एक भर्चुअल इभेन्टबीच आइफोन-१३ सार्वजनिक गरेको छ । उक्त इभेन्टमा आइफोन-१३ का अतिरिक्त, एप्पल वाच सिरिज-७ पनि हिजो (मंगलबार) राति लन्च गरियो । यो समारोह पहिले नै एप्पलका नयाँ उत्पादनरसम्बन्धी कैंयन् जानकारी मिडियामा आइरहेको थियो । भनिन्छ- अहिले आइफोन-१३ लाई नयाँ फिचर्स र नयाँ चिपका साथ प्रस्तुत गरिएको छ ।

एप्पलले आइफोन-१३ का साथ आइफोन-१३ प्रो तथा आइफोन-१३ मिनी पनि सार्वजनिक गरेको छ । आइफोन-१३ मिनीको अन्तर्राष्ट्रिय बजार मूल्य ६९९ डलरबाट सुरु हुन्छ । जबकि आइफोन-१३ को अन्तर्राष्ट्रिय बजार मूल्य ७९९ डलरबाट सुरु हुन्छ । आइफोन-१३ प्रोको अन्तर्राष्ट्रिय बजार मूल्य ९९९ डलरबाट सुरु हुन्छ । यसपटक आइफोनमा नयाँ प्रोसेसर ए-१५ Bionic प्रयोग गरिएको छ ।

गए रातिको भर्चुअल इभेन्टमा सार्वजनिक गरिएको एप्पल वाच सिरिज-७ मा कैयन् नयाँ परिवर्तन देख्न पाइन्छ । यो अनेकौं आकर्षक रङमा त उपलब्ध छ नै । यो वाचमा फिटनेससम्बन्धी फिचरमा बढी ध्यान दिइएको छ । एप्पल वाच सिरिज-७ को अन्तर्राष्ट्रिय बजार मूल्य ३९९ डलर तोकिएको छ ।

एप्पलले एउटा नयाँ आइप्याड पनि लन्च गरेको छ जसमा ए-१३ BIONIC प्रोसेसर प्रयोग भएको छ । जुन पछिल्लो आइप्याडको तुलनामा निकै फास्ट छ । एप्पलले नयाँ आइप्याड मिनी पनि बजारमा उतारेको छ । यो नयाँ आइप्याडमा फाइभ-जी सपोर्ट दिइएको छ । यसका साथै हिजोको इभेन्टमा एप्पलले न्यु जेनरेसन एप्पल पेन्सिलबारे समेत जानकारी दिएको थियो ।

एप्पलले आईफोन-१३ प्रो र आइफोन-१३ प्रो म्याक्सलाई अनेकन नयाँ अपग्रेडका साथ प्रस्तुत गरेको छ । सधैं जस्तै यी दुवै फोन एप्पलको आइफोन-१३ र आइफोन-१३ मिनीको प्रिमियम उत्पादनका रूप तयार गरिएका छन् । यसपटक एप्पलले आइफोनमा पहिलोपटक १२० हर्ज प्रो-मोशन डिस्प्ले प्रयोग गरेको छ जसको रिफ्रेस रेट पहिलेको तुलनामा निकै बढी छ । एप्पलले आइफोन-१२ सिरिजमा ६० हर्जको डिस्प्ले प्रयोग गरेको थियो ।

एप्पलका अनुसार आईफोन-१३ प्रो नयाँ क्यामेरा अपग्रेड साथ आएको छ । जसमा ३-एक्स अप्टिकल जुमका साथ टेलिफोटो लेन्स, लो-लाइट फोटोग्राफीका लागि सुधारिएको ठूलो सेन्सर दिइएको छ । यसमा एउटा अल्ट्रा वाइड एफ र १.५ अपर्चरका साथ वाइड क्यामेरा प्रयोग भएको छ ।

यसपटक एप्पलले आफ्ना सबै क्यामेरामा नाइट मोड फिचर समावेश गरेको छ भने आइफोन-१३ प्रो र आइफोन-१३ प्रो म्याक्समा माइक्रो मोडसमेत उपलब्ध गराइएको छ ।

प्रतिक्रिया