चाैबीस घण्टामा १ हजार ७६० संक्रमित थपिए, थप ७ जनाको मृत्यु
नेपालखोज
२०७८ भदौ ३० गते १६:४४

काठमाडाैं । पछिल्लो चाैबीस घण्टामा थप १ हजार ७६० जनमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । साेही अवधीमा १ हजार २२० जना संक्रमणमुक्त भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार ५२४ पीसीआर परीक्षणमा १हजार ३३२ जना र ४ हजार ३२० एन्टिजेन परीक्षणमा ४२८ जना गरी कुल १ हजार ७६० जनामा संक्रमण भएको छ । त्यस्तै चाैबीस घण्टामा थप ७ जनाको मृत्यु भएको छ ।
कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १० हजार ९९१ पुगेको छ । नेपालमा हाल सक्रिय संक्रमितकाे संख्या २६ हजार ३०३ रहेको छ ।
सम्बन्धित

प्रतिक्रिया