बिहीबार, वैशाख २०, २०८१

बैंक अफ काठमाण्डूका ग्राहकहरुलाई एसआरएल डाइग्नोष्टिकमा छुट

नेपालखोज २०७८ भदौ ३१ गते ९:११

काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेड र एसआरएल डाईग्नोष्टिक (नेपाल) प्रा. लि. बीच बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिंगबाट क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्दा बैंकको ग्राहकहरुलाई १० प्रतिशतसम्म छुट उपलब्ध गराउने सम्झौता भएको छ ।

सम्झौता पश्चात् ग्राहकहरुले एसआरएल डाईग्नोष्टिक (नेपाल) प्रा. लि.ले प्रदान गर्ने प्याथोलिजी सम्बन्धि स्वास्थ्य सेवाहरु उपभोग वापत बैंकको कार्ड तथा मोबाइल बैंकिङ्गको प्रयोग गरी भुक्तानी गर्दा वास्तविक मुल्यको १० प्रतिसतसम्म छुट पाउनेछन् ।

एसआरएल डाईग्नोष्टिक (नेपाल) प्रा. लि. ले काण्ठमाडौं उपत्यकाको महाराजगंजबाट सेवाग्राहीहरुलाई गुणस्तरीय सेवा तथा सुबिधाहरु प्रदान गर्दै आईरहेको छ ।

बैंकले ९० शाखा कार्यालयहरु, ८१ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहकहरुलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ ।

प्रतिक्रिया