चाडपर्वको अवसरमा देशका ४३ ठाउँमा सुपथ मूल्य पसल सञ्चालन हुने

नेपालखोज २०७८ भदौ ३१ गते ९:५८

काठमाडौं । सरकारले चाडपर्वको अवसरमा देशभरका ४३ ठाउँमा सुपथ मूल्य पसल सञ्चालन गर्ने भएको छ ।

सरकारी स्वामित्वमा सञ्चालित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले असाज १ गते (भोली) बाट सञ्चालन हुने सुपथ मूल्य पसल कम्पनीले कार्यालय रहेका ३९ जिल्लाका ४३ ठाउँमा पसल सञ्चालन गर्ने जनाएको हो। हरेक वर्ष दशैँ, तिहार र छठ पर्वका बेला सुपथ मूल्य पसल सञ्चालन गर्दै आएको छ ।

यसपालि चामल, दाल, चिउरा, पिठो र तेलमा पाँच रुपैयाँ छुट गर्ने तथा भटमासको तेल, मासु र कर्णाली सिमीमा १० रुपैयाँ छुट दिने जनाएको छ । काठमाण्डौ काठमाडौं उपत्यकामा थापाथली, रामशाहपथ, नक्खु, लगनखेल र सूर्यविनायक बिक्री केन्द्रबाट खाद्य सामग्री वितरण हुने बताएको छ ।

यस्तै, उपत्यकाबाहिर बनेपा, विराटनगर, बिर्तामोड, हेटौँडा, नारायणगढ, भैरहवा, बुटवल, नेपालगञ्ज, पोखरा, दाङ, सुर्खेत, धनगढी, महेन्द्रनगर, डडेलधुरालगायत ठाउँबाट खाद्य वस्तु बिक्री वितरण हुनेछ । सुपथ मूल्य पसल कात्तिक २४ गतेसम्म सञ्चालन हुने बताइएको छ ।

प्रतिक्रिया