गरिमाका ग्राहकलाई ‘आगन्तुक रिसोर्ट’मा २३ प्रतिशतसम्मको छुट
नेपालखोज
२०७८ भदौ ३१ गते ११:१४

काठमाडौं । पर्यटकीय गन्तव्य बनेपामा रहेको ‘आगन्तुक रिर्सोट’सँग गरिमा विकास बैंकले आकर्षक छुट सम्बन्धी सम्झौता गरेको छ ।
बैंकले जारी गरेको विज्ञप्ति अनुसार गरिमा विकास बैंकका डेविट कार्ड तथा मोबाईल बैकिङ्ग प्रयोगकर्ताहरुले रिर्सोटको रुममा २३ प्रतिशत र फुड एण्ड वेभरेजमा १४ प्रतिशत छुट पाउन सकिने छ ।
साथै, ‘द एभरेष्ट होटल’ सँग पनि गरिमा विकास बैंकले पुरानो सम्झौतालाई परिमार्जित गर्दे होटलको रुम, फुड एण्ड वेभरेज र स्पा मेम्बरसीप प्याकेजमा १५ प्रतिशत छुट सम्बन्धी सम्झौता गरेको छ ।
सम्बन्धित
प्रतिक्रिया