सुनको मूल्य सात सयले घट्यो, आजको भाउ कति ?

नेपालखोज २०७८ भदौ ३१ गते ११:२८

काठमाडौं । नेपाली बजारमा आज (बिहिबार) सुनको भाउ घटेको छ भने चाँदीको भाउ स्थिर रहेको छ ।

छापावाल सुन आज प्रतितोला ७ सय रूपैयाँले घटेर ९० हजार ५ सय रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

अघिल्लो दिन छापावाल सुन ९१ हजार २ सय रूपैयाँमा कारोबार भएको थियो । त्यस्तै महासंघका अनुसार आज तेजाबी सुनको मूल्य पनि ७ सय रूपैयाँले नै घटेर ९० हजारमा काराेबार भएको छ । हिजो तेजाबी सुन ९० हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी आज चाँदीको मूल्य भने स्थिर रहेको छ । चाँदी आज तोलाको १ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बुधबार पनि चाँदी १ हजार दुई सयमा नै कारोबार भएको थियो ।

प्रतिक्रिया