अन्तरपार्टी निर्देशनलाई कार्यान्वयन गरी एमालेमा फर्किनुस् : नेतृ शाक्य

नेपालखोज २०७८ भदौ ३१ गते १४:३५

काठमाडौं । वाग्मती प्रदेशका मुख्यमन्त्री एवं नेकपा (एमाले)का उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले अन्तरपार्टी निर्देशनलाई अक्षरश: कार्यान्वयन गर्न र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाललाई एमालेमा फर्कन आग्रह गरेकी छन् ।

बिहीबार एमाले काठमाडौं जिल्ला कमिटीको भेलालाई सम्बोधन गर्दै उनले नेपालले लिएको बाटो गलत भएकाे भन्दै मूल पार्टीमा फर्किएर आउन आग्रह गरेकी हुन् ।

उनले नेता नेपालले नयाँ पार्टी खोलेर जनमत सिर्जना गर्न नसक्ने पनि बताएकी छन् । उनले स्थानीय तहको निर्वाचनमा जाँदा जनतालाई के भन्ने भनेर नेतृत्वले सोच्नपर्ने पनि बताइन् ।

प्रतिक्रिया