शुक्रबार, चैत १६, २०८०

नेपालकै ठूलो डान्स रियालिटी शो कार्तिक ११ बाट सुरु हुँदै

नेपालखोज २०७८ भदौ ३१ गते १७:३४

काठमाडौं । आउँदो कार्तिक ११ गते बिहीवारदेखि नेपालकै ठूलो ‘रियालिटी डान्स च्याम्पियन शो’ सुरु हुने भएको छ । इन्टरनेशनल डान्स एकेडेमी एण्ड फिल्मस् प्रालिद्वारा कि एडभर्टाइजिङ सर्भिस प्रालिका लागि आगामी कार्तिक ११ गतेबाट ‘रियालिटी डान्स च्याम्पियन शो’ सुरु हुने भएको हो ।

उक्त मेगा शो कान्तिपुर टेलिभिजनबाट प्रशारण हुनेछ । कार्यक्रमको मार्केटिङ कि एडभर्टाइजिङ सर्भिस प्रालिले गर्ने भएको छ । काठमाडौंको द एभरेष्ट होटलमा भएको पत्रकार सम्मेलनमा कि एडभर्टाइजिङ र कान्तिपुर टेलिभिजनबीच सम्झौता गर्दै कार्यक्रम शुभारम्भको घोषणा गरिएको हो । कार्यक्रममा कि एडभर्टाइजिङ सर्भिस प्रालिका अध्यक्ष रविन्द्रकुमार रिजालले यस मेगा शोमा १६ वर्ष भन्दामाथि र ४५ वर्ष भन्दा मुनिका प्रतिष्पर्धीलाई भाग लिन दिइने बताए ।

उनले भने, ‘यस मेगा शोमा १६ वर्ष भन्दामाथि र ४५ वर्ष भन्दा मुनिका प्रतिष्पर्धीलाई भाग लिन दिइनेछ । यो सबैका लागि हो तर पनि यो उमेर समूहका प्रतिष्पर्धीहरुलाई प्राथमिकतामा राखिएको छ । अहिले कान्तिपुर टेलिभिजन र कि एडभर्टाइजिङ सर्भिस प्रालिबीच सम्झौत भएको हो । त्यसैले धेरै भन्न सकिने अवस्था छैन । हामी डान्स शो दशैँपछि सुरु गर्छौं ।’

उक्त मेगा शो प्रत्येक बिहीवार र शुक्रवार गरी हप्ताको दुई दिन बेलुकी ९ः०० बजे प्रशारण हुनेछ । डान्स च्याम्पियनका निर्णायकमा नायिका निरुता सिंह, कोरियोग्राफर जगत रावल र डान्सर आस्मा विश्वकर्मा रहने छन् । त्यस्तै कार्यक्रम प्रश्तोताको रुपमा उमेश राई (फुलन्देकी आमा) रहनेछन् । ३२ भागको यो कार्यक्रम धनराशी २५ लाखको रहेको छ ।

प्रतिक्रिया