शुक्रबार, वैशाख १४, २०८१

पंजशिरको विद्रोही गुटले घोषणा गर्‍यो अफगानिस्तानमा समानन्तर सरकार

नेपालखोज २०७८ भदौ ३१ गते १७:३६

काबुल । अफगानिस्तानमा तालिबानले कब्जा जमाएको एक महिना पूरा भएको छ । त्यहाँ तालिबानले आफ्नो सरकारसमेत बनाइसकेको छ ।

यसबीच तालिबानी मन्त्रिमन्डललाई चुनौती दिँदै पंजशिर प्रान्तमा विद्रोही गुटले अहमद मसुदको नेतृत्वमा समानन्तर सरकार घोषणा गरेको छ ।

अफगानिस्तानको खामा न्युजका अनुसार पंजशिरको विद्रोही गुटले तालिबानी कार्यवाहक सरकारलाई नाजायज र अफगानिस्तानका जनताविरुद्धको सरकार बताएको छ । विद्रोही मोर्चाले आफ्नो वक्तव्यमा तालिबानविरुद्धको प्रतिरोध जारी रहने कुरा दोहोर्‍याएको छ । विद्रोही मोर्चाले भनेको छ, ‘तालिबान यो क्षेत्रका लागि मात्र नभएर पूरै विश्वका लागि खतरा हो ।’

विद्रोही गुटले अफगानिस्तानमा एउटा संक्रमणकालीन लोकतान्त्रिक र वैध सरकार स्थापना गर्ने र त्यस्तो सरकार जनताको मतदानका आधारमा निर्माण हुने जनाएको छ । मोर्चाले यूएन, यूएनएचसीआर, ईयू, सार्क, ईसीओ तथा ओआईसीका सदस्य देशहरुसँग तालिबानलाई कुनै पनि किसिमको सहयोग नगर्न पनि अपिल गरेको छ ।

No description available.


-विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको सहयोगमा

प्रतिक्रिया