४४ लाख डोज भेरोसेल खोप आउँदै
नेपालखोज
२०७८ असोज १ गते ११:१७

काठमाडौं । ४४ लाख डोज भेरोसेल खोप शुक्रबार नेपाल आउँदै छ । नेपाल सरकारले खरिद गरेको खोप नेपाल वायु सेवा निगमको वाइडबडी जहाजबाट दिउँसो २ बजे आइपुग्नेछ ।
जहाज बिहीबार राति ११ बजे खोल लिन बेइजिङ गएको र शुक्रबार दिउँसो फर्कने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता रीन्जी शेर्पाले जानकारी दिए ।
खरिद गरिएको ६० लाख मात्रा खोपमध्ये ४४ लाख मात्रा खोप शुक्रबार आउन लागेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । नेपालले खरिद गरिएको १६ लाख मात्रा खोप भित्रिसकेको छ ।
हालसम्म कोभिशिल्डको २४ लाख ४८ हजार, भेरोसेल ७४ लाख, जोन्सन एन्ड जोन्सनको १६ लाख, एस्ट्राजेनेका १७ लाख ७७ हजार ३२० मात्रा खोप नेपालले प्राप्त गरेको छ ।
सम्बन्धित

प्रतिक्रिया