भरुवा बन्दुकसहित पक्राउ

नेपालखोज २०७८ असोज १ गते १२:४७

मोरङ । मोरङबाट प्रहरीले भरुवा बन्दुकसहित एकजनालाई पक्राउ गरेको छ ।

मिकल्लाजुङ गाउँपालिका ५ का ४३ बर्षीय जगत बहादुर लिम्बु भरुवा बन्दुकसहित पक्राउ परेका हुन् । विहीबार साँझ ईलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरी टोलीले लिम्बुलाई उनकै घरबाट पक्राउ गरेको हो ।

घरमा नै लुकाएर राखेको दुई नाल भरुवा बन्दुकसहित उनलाई पक्राउ गरेको हो । घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया