सुदूरपश्चिममा हालसम्म कोरोनाबाट ५८८ को मृत्यु
नेपालखोज
२०७८ असोज १ गते १३:११

काठमाडौं । सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरस संक्रमणबाट हालसम्म ५८८ जनाको मृत्यु भएको छ । सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय दिपायल राजपुरका अनुसार यो प्रदेशमा हालसम्म तीन लाख ३३ हजार ७५५ जनाको परीक्षण गर्दा ४६ हजार ७५७ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।
सुदूरपश्चिम प्रदेशमा कोरोना जोखिम कायमै रहेका कारण नागरिकले निकै सचेतना बढाउनुपर्ने प्रदेश स्वास्थ्य निर्देशक डा गुणराज अवस्थीले बताए ।
उनले भने, ‘कोरोना जोखिम कायमै छ, त्यसैमा चाडबाडका बेला पनि सुरु हुन थालेकाले जोखिम झनै बढ्न सक्छ, सबैले सावधानी अपनाउनु जरुरी भएको छ ।’
पछिल्लो समय सुदूरपश्चिममा चाडपर्व तथा मेला निर्वाधरुपमा सञ्चालन भइरहेका र ती मेला पर्वमा नागरिकको उल्लेख्य सहभागिता हुने गरेका कारण पनि त्यहाँ कोरोना जोखिम बढ्न सक्ने स्वास्थ्यकर्मी बताएका छन् । –रासस
सम्बन्धित

प्रतिक्रिया