असोज ४ गतेदेखि काठमाडौंमा भेरोसेलको दोस्रो मात्रा खोप लगाइने

काठमाडौं । सरकारले काठमाडौंमा असोज ४ गतेदखि कोराना विरुद्धको भेरोसेल खोपको दोस्रो मात्रा लगाइने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार सूचना जारी गर्दै उक्त कुराको जानकारी गराएको हो । खोप काठमाडौं महानगरपालिकाका ३२ वटै वडाबाट दिइनेछ ।
त्यस्तै, कीर्तिपुर नगरपालिकाका १० ठाउँमा, चन्द्रागिरि नगरपालिकाका १५ ठाउँमा, तार्केश्वर नगरपालिकाका ११ ठाउँ, नागार्जुन नगरपालिकाको १० ठाउँ, दक्षिणकाली नगरपालिकाको नौ ठाउँ, बूढानीलकण्ठ नगरपालिकाको १३ ठाउँ, टोखा नगरपालिकाको ११ ठाउँ, गोकर्णेश्वर नगरपालिकाको नौ ठाउँ, शंकररापुर नगरपालिकाको नौ ठाउँ र कागेश्वरी मनोहरा नगरपालिकाको नौ ठाउँमा भेरोसेल खोपको दोस्रो मात्रा लगाइने मन्त्रालयले जनाएको छ ।
त्यस्तै, नेपाल प्रहरी अस्पताल, सशस्त्र प्रहरी अस्पताल, वीर अस्पताल, शिक्षण अस्पताल, निजामती कर्मचारी अस्पताल, परोपकार प्रसूति गृह, स्त्री रोग अस्पताल र वीरेन्द्र सैनिक अस्पतालमा पनि खोप केन्द्र तोकिएको छ ।

प्रतिक्रिया