सुदूरपश्चिममा मन्त्रिपरिषद् विस्तार, दुई मन्त्रीले लिए शपथ

नेपालखोज २०७८ असोज १ गते २०:०६

कैलाली । सुदूरपश्चिम प्रदेशमा नेकपा (एकीकृत समाजवादी) लाई सरकारमा सहभागी गराइएको छन् । मुख्यमन्त्री त्रिलोचन भट्टले शुक्रबार मन्त्रिपरिषद् विस्तार गर्दै दुईजना मन्त्री नियुक्त गरेका छन् ।

अर्थिक मामिला तथा योजना मन्त्रीमा तारालामा तामाङ र अर्थ राज्य मन्त्रीमा माया तामाङ बोहराले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । मन्त्री तामाङलाई प्रदेश प्रमुख गङ्गा प्रसाद यादवले शपथ ग्रहण गराएका छन् । राज्यमन्त्री बोहरालाई मुख्यमन्त्री भट्टले शपथ गराएका हुन् ।

प्रतिक्रिया