जोरपाटीबाट जुवाडे पक्राउ
नेपालखोज
२०७८ असोज २ गते १२:५६

काठमाडौं । प्रहरीले जोरपाटीबाट केही महिलासहित २० जना जुवाडेलाई पक्राउ गरेको छ । उनीहरूलाई शुक्रबार राति ११ बजे प्रहरीले नियन्त्रणमा लिएको हो ।
जुवा खेलेको सूचनाका आधारमा प्रहरी वृत्त बौद्धबाट खटिएको टोलीले गोकर्णेश्वर नगरपालिका ५ जोरपाटीस्थित चामुण्डागेट नजिकैको घरबाट उनीहरूलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा तेन्जिङ छोप्याक भन्ने धावा ढुण्डुपसहित २० जना छन् । उनीहरू तेन्जिङ छोप्याककै घरमा जुवा खेलेका थिए ।
पक्राउ परेकाहरूको साथबाट प्रहरीले चार लाख ७४ हजार ७५ रुपैयाँ नगद, बिस बुक तास, क्यासिनोमा प्रयोग हुने क्वाइन ४६४ थान, कौडा १०० थान बरामद गरेको छ ।
सम्बन्धित

प्रतिक्रिया