शुक्रबार, चैत १६, २०८०

बारामा ४४ जनामा डेंगु पुष्टि, सावधानी अपनाउन आग्रह

नेपालखोज २०७९ असोज ६ गते ७:०७

कलैया । बारामा डेंगुको प्रकोप बढ्दै गएको छ । डेंगुका बिरामी बढ्न थालेपछि सर्वसधारणमा त्रास छाएको छ । बारामा गत भदौ २८ गतेदेखि परीक्षण हुन थालेपछि अहिलेसम्म डेङ्गुका ४४ बिरामी फेला परेको जिल्ला जनस्वास्थ्य कार्यालयका निमित्त प्रमुख रामनरेशप्रसाद यादवले जानकारी दिए ।

उनका अनुसार कलैया अस्पतालमा ११ जना, जनस्वास्थ्य कार्यालयमा नौ र निजगढमा २४ डेंगुका बिरामी फेला परेका छन् । धेरै उपचार गराएर निको भई घर फर्केका छन् भने कतिपय प्रदेशिक अस्पताल कलैयामा उपचार गराइरहेको निमित्त प्रमुख यादवले भने । डेंगु रोग परीक्षण गर्ने कीटको अभावमा अझै रोग पत्ता लगाउन नसकेको हुँदा कीटको आपूर्तिका लागि सम्बन्धित निकायलाई जानकारी दिएको निमित्त जनस्वास्थ्य प्रमुख यादवले जानकारी गराए ।

डेंगु रोग अझै बढ्न सक्ने उनको भनाइ रहेको छ । बारामा डेंगुबाट अहिले मृत्यु भने भएको छैन । डेंगु रोग प्राणघातक रोग भएको हुँदा घर वरपर सरसफाइ राख्न, पूरै शरीरभरि कपडा लगाउन, खाल्डाखुल्डीमा पानी जम्न नदिनेलगायतका सावधानी अपनाउन प्रदेशिक अस्पताल कलैयाका डा. विकेश पाण्डेयले सुझाव दिए ।

प्रतिक्रिया