समाजवादी प्रेस संगठन दर्ता प्रक्रियामा

नेपालखोज २०७८ असोज २ गते १४:५५

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) निकट समाजवादी प्रेस संगठन नेपाल दर्ताको प्रक्रियामा रहेको छ । संगठनको विधानमा १५१ केन्द्रीय कार्यसमितिको व्यवस्था गरिएको छ ।

संगठनलाई प्रभावशाली ढंगबाट सञ्चालन गर्न केन्द्रीय समितिमा २४ पदाधिकारीको व्यवस्था गरिएको छ । केन्द्रीय समितिको एक तिहाइ सदस्यबाट सचिवालय गठन र सचिवालयको एक तिहाइ सदस्यको सहभागितामा कार्यालय सञ्चालन गरिने संगठनका संयोजक शम्भु श्रेष्ठले जानकारी दिए। उक्त विधानअनुसार संगठनको संरचनामा अध्यक्ष एक, उपाध्यक्षमा वरिष्ठ, महिला, समावेशी, प्रादेशिक, उपत्यका र एशोसिएट गरी १२ पदको व्यवस्था छ ।

महासचिव एक, उपमहासचिव दुई, सचिवमा समावेशी महिलासहित पाँच र कोषाध्यक्ष एक रहने संरचना बनाइएको छ । लेखा र अनुशासन आयोगमा दुई अध्यक्ष पदको सिर्जना गरी ती पदेन अध्यक्षलाई पदाधिकारीमा राखिएको छ । जिल्ला प्रशासन कार्यालय, काठमाडौँमा विधान दर्ताको प्रक्रियामा रहेकाले त्यसको प्रक्रिया पूरा भएपछि आगामी असोजभित्रै घोषणासभा गरिने श्रेष्ठले बताए ।

प्रतिक्रिया