थप ११ जनाको मृत्यु, मृतक संख्या ११ हजार नाघ्यो

नेपालखोज २०७८ असोज २ गते १७:१२

काठमाडौं । नेपालमा कोरोना संक्रमणका कारण गत चौबीस घण्टामा थप १६ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार चौबीस घण्टामा थप १६ जनाको मृत्यु भएसँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ११ हजार २८ पुगेको छ ।

त्यस्तै गत चौबीस घण्टामा नेपालमा थप १ हजार ६६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको ८ हजार ५४० जनाको पीसीआर परीक्षणमा ८ सय ३५ र २ हजार ८१८ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा २३१ जना गरि कुल १ हजार ६६ जनामा कोरोना पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट ७ लाख ८३ हजार ९१० र एन्टीजेन विधिबाट ८८ हजार ८९० पुगेको छ । हाल देशभर २५ हजार ८२ सक्रिय संक्रमित रहेका छन् ।

त्यस्तै गत चौबीस घण्टामा मुलुकका विभिन्न अस्पतालबाट थप १ हजार २३४ जना कोरोना संक्रमणमुक्त भइ डिस्चार्ज भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण मुक्त हुनेको कुल संख्या ७ लाख ४७ हजार ८ सय पुगेको मन्त्रालयले जानकारी दिएको छ । हाल नेपालमा संक्रमण मुक्त हुने दर ९५ दशमलव ४ प्रतिशत रहेको छ ।

प्रतिक्रिया