संविधान दिवसमा ८ जनालाई माफी, ५२३ जनाको कैद कट्टा
नेपालखोज
२०७८ असोज २ गते १९:०९

काठमाडौं । यस वर्ष संविधान दिवसका अवसरमा ८ जनालाई माफी र ५ सय २३ कैदीको कैद कट्टा गरिने भएको छ । हरेक वर्ष संविधान दिवसको अवसरमा राष्ट्रपतिबाट कैदीलाई माफी र कैद कट्टा गरिँदै आएको छ ।
शनिवार राष्ट्रपति कार्यालयले एक विज्ञप्ति जारी गर्दै संविधान दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले ८ जनाको कैद सजाय माफी र ५२३ जनाको कैद कट्टा गर्ने छन् । गएको भदौ २९ गतेको मन्त्रिपरिषद् बैठकले असोज ३ गते संविधान दिवसको अवसर पारेर कैद माफी र कैद कट्टाका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो ।
संविधानको धारा २७६ बमोजिम मन्त्रिपरिषद्को भदौ २९ गतेको सिफारिसमा मुलुकी फौजदारी कार्यविधि संहित २०७४ को दफा १५९ को प्रावधान अनुसार पूर्ण बहादुर भन्ने किशोर भण्डारी समेतका ८ जना व्यक्तिहरुलाई विभिन्न अदालतबाट विभिन्न मितिमा गरिएकाे फैसला बमोजिम माफी भएको हो ।


सम्बन्धित

प्रतिक्रिया