भेरोसेल खोप भोलिदेखि लगाइने !

काठमाडौं । कोभिड १९ विरुद्धको भेरोसेल खोप अभियान भोलि (सोमबार) बाट सुरु हुँदै छ । भोलिबाट सुरु हुने भेरोसेल खोप असोज १४ गतेसम्म सञ्चालन हुने स्वास्थ्य सेवा विभागले जारी गरेको सूचनामा भनिएको छ ।
ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, रसुवा, जुम्ला, मुगु, हुम्ला, डोल्पा, बाजुरा, दार्जुलामा १८ वर्षभन्दा माथिका सम्पूर्णलाई खोप लगाइने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
यस्तै काभ्रे र चितवनमा ३५ वर्ष माथिका सबै नागरिक र १८ वर्ष माथिका खोप लगाउन छुटेका विद्यार्थीलाई पनि लगाइने जनाएको छ । यस्तै काठमाडौं, ललितपुर, भक्तपुर, मकवानपुर, सर्लाही र अछाममा ४० वर्ष माथिका खोप लगाउन बाँकी सबै नागरिक र १८ वर्ष माथिका खोप लगाउन छुटेका विद्यार्थीलाई पनि लगाइने जनाएको छ ।
यस्तै मनाङ, मुस्ताङ, र रुकुमपूर्व बाहेकका जिल्लाहरुमा ४५ वर्ष माथिका खोप लगाउन बाँकी सबै नागरिक र १८ वर्ष माथिका खोप लगाउन छुटेका विद्यार्थीलाई पनि लगाइने जनाएको छ ।
यसअघि छुटेका अग्रपंतिमा खटिने, अत्यावश्यक सेवा, शिक्षण सेवा, पर्यटकीय क्षेत्र, होटल व्यवसायमा काम गर्ने व्यक्तिहरु समेतलाई खोप दिइने छ । खोप लगाउन नजिकैको खोप केन्द्रमा जान सकिने छ । खोप लगाउन जाँदा आफ्नो उमेर र पेसा खुल्ने परिचयपत्र अनिवार्य लिएर जान मन्त्रालयले अनुरोध गरेको छ ।
परिचयपत्र नभएको खण्डमा स्थानीय तहबाट उमेर खुल्ने सिफारिस लिएर खोप लगाउन जान पनि आग्रह गरेको छ । भेरोसेलको दोस्रो मात्रा कात्तिक ४ देखि १४ गतेभित्र लगाइने बताएको छ ।

प्रतिक्रिया