थारु समुदायले आजको दिन कालो दिनका रुपमा मनाउने !
नेपालखोज
२०७८ असोज ३ गते ११:४२

काठमाडौं । कैलालीमा थारू समुदायले आज (आइतबार) संविधान दिवसको दिनलाई कालो दिनका रुपमा मनाउने भएका छन् ।
संविधानमा आफ्ना अधिकार नसमेटेकाले विगतदेखि नै संविधान दिवसलाई कालो दिनका रुपमा मनाउदै आएको बताउँदै यस पटक पनि त्यसलाई निरन्तरता दिइने थारू कल्याणकारिणी सभा कैलालीका अध्यक्ष माधव थारूले बताए ।
‘थरूहट थारूवान स्वायत्त राज्य, टीकापुर घटनामा दोषी ठहरिएकाको रिहाई’ लगायतका माग राखेर थारू समुदाय आन्दोलित छन् । यहि मागलाई संविधानमा नसमेटिएसम्म संविधान नमान्ने उनको उडान छ ।
सम्बन्धित

प्रतिक्रिया