मेघ गर्जन र चट्याङ्ग सहित वर्षा !

काठमाडौं । हाल नेपालमा भारतको उत्तर प्रदेश आसपासमा अवस्थित न्युन चापीय क्षेत्रको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । मनसुन न्यून चापीय रेखा औसत स्थानभन्दा दक्षिणतर्फ छ । हाल देशभर आज आंशिक बदली रहने जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार आज दिउँसो देशभर आंशिक देखि सामान्य बदली रही धेरै स्थानहरुमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
त्यस्तै राती देशभर आंशिक देखि सामान्य बदली रही बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशहरूका केही स्थानहरुमा र अन्य प्रदेशहरूका थोरै स्थानहरूमा मेघ गर्जनर चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा सम्भावना रहेको छ।
देशभर आंशिकदेखि सामान्य बदली सबै प्रदेशका केही स्थानमा मेघ-गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेकाले उक्त स्थानका पहाडी भू(भागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको महाशाखालो जनाएको छ । यस्तै महाशाखाले नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकोले सामान्य सतर्कता अपनाउनसमेत सर्वसाधारणमा अनुरोध गरेको छ ।

प्रतिक्रिया