धनुषामा आमा छोराको शव फेला

नेपालखोज २०७८ असोज ४ गते ११:४६

धनुषा । धनुषामा आमा छोराको शव भेटिएको छ । सोमबार (आज) विहान धनुषाधाम नगरपालिका २ धर्मपुरस्थित पोखरीमा आमा छोराको शव फेला भेटिएको हो ।
शव अशोक सिंहकी श्रीमती अर्चना सिंह र उनका चार वर्षीय छोरा कुशकुमार सिंहको रहेको इलाका प्रहरी कार्यालय धनुषाधामका प्रहरी निरीक्षक सुरेश ठाकुरले जानकारी दिए ।

उनका अनुसार प्रहरीले जनप्रतिनिधिको रोहबरमा पोखरीबाट शव बाहिर निकालेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ । प्रहरी शवको प्रकृति हेर्दा कुनै चोटपटक नरहेको र बाँकी कुरा अनुसन्धानबाट खुल्ने बताएका छन् ।

प्रतिक्रिया