चौबीस घण्टामा १,०९५ संक्रमित थपिए, २,९५७ जना डिस्चार्ज

नेपालखोज २०७८ असोज ४ गते १६:२४

काठमाडौं । नेपालमा पछिल्लो चौबीस घण्टामा १ हजार ९५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । सोही अवधीमा २ हजार ९५७ जना कोरोना संक्रमित निको भई डिस्चार्ज भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको १० हजार ७८६ जनाको पीसीआर परीक्षणबाट ९७५ र ३ हजार ३१ जनामा गरिएको एन्टिजेन परीक्षणमा १२० जना गरी जम्मा १ हजार ९५ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै चौबीस घण्टामा ८ जनाको कोरोनाका कारण मृत्यु भएको छ । नेपालमा हाल मृत्यु हुनेको संख्या ११ हजार ४८ पुगेको छ । नेपालमा हाल सक्रिय संक्रमितको संख्या २२ हजार ३२३ रहेको छ ।

प्रतिक्रिया