अभिव्यक्ति दिएकै आधारमा कसैलाई कारबाही नगर्न सर्वोच्च अदालतकाे आदेश

काठमाडाैं । सर्वोच्च अदालतले विदेशी सहयोगमा सञ्चालित विकास आयोजनाबारे नकारात्मक टिप्पणी गरेकै आधारमा कसैलाई कारबाही नगर्न अन्तरिम आदेश दिएको छ । सर्वोच्च अदालतले अभिव्यक्ति दिएकै आधारमा कसैलाई कारबाही नगर्न अन्तरिम आदेश दिएको हाे ।
विदेशी सहयोगमा सञ्चालित विकाससम्बन्धी आयोजनाबारे नकारात्मक टिप्पणी नगर्न भनी गृह मन्त्रालयले जारी गरेको विज्ञप्तिविरुद्ध परेको रिटमा सोमबार न्यायाधीश मीरा खड्का र तेजबहादुर केसीको संयुक्त इजलासले नकारात्मक र समीक्षात्मक टिप्पणी गरेकै आधारमा पक्राउ नगर्न आदेश दिएको हाे ।
‘नेपालको संविधानको धारा १७ ले प्रत्येक नेपाली नागरिकलाई विचार र अभिव्यक्तिको स्वतन्त्रता प्रदान गरेको र त्यस अन्तर्गत सकारात्मक, नकारात्मक र समीक्षात्मक टिप्पणी पर्ने हुँदा नकारात्मक टिप्पणी गरेको वा अभिव्यक्ति दिएको कारणले मात्र मिति २०७८ । ०५ । १८ को विज्ञप्तिको आधारमा कसैलाई कारबाही नगर्नू नगराउनू भनी सर्वोच्च अदालत नियमावली, २०७४ को नियम ४९ को उपनियम (२) अनुसार प्रत्यर्थीहरुको नाउँमा अन्तरिम आदेश जारी गरी दिएको छ,’ आदेशमा भनिएको छ ।

प्रतिक्रिया