राष्ट्रपति पुटिन भन्छन्- क्याम्पसमा गोली प्रहार निन्दनीय घटना
नेपालखोज
२०७८ असोज ४ गते २१:२५
मस्को । रुसका राष्ट्रपति भ्लादमिर पुटिनले ६ जनाको ज्यान जाने गरी भएको गोली प्रहारको घटनाको निन्दा गरेका छन् ।
टेलिभिजनमार्फत सोमबार सम्बोधन गर्दै राष्ट्रपति पुटिनले उक्त घटना पीडित परिवारका लागि मात्र नभएर सिङ्गो राष्ट्रका लागिसमेत क्षति हो भनेका छन् । रुसको पर्म स्टेट युनिभर्सिटीमा सोमबार भएको बन्दुकधारीको गोली प्रहारमा ६ जनाको ज्यान गएको छ । रासस
सम्बन्धित
प्रतिक्रिया