बिहीबार, वैशाख १३, २०८१

यी चार राशिका मानिस निकै ‘इन्टेलिजेन्ट’

नेपालखोज २०७८ असोज ५ गते ८:०८

ज्योतिषशास्त्रमा केही यस्ता राशिका बारेमा उल्लेख छ । जसका स्वामीलाई हराउन निकै मुस्किल छ । यी राशीका धनीहरु हरेक परिस्थितिमा जीत हासिल गर्नसक्ने क्षमता राख्छन् । यी राशि हुनेहरूलाई इन्टेलिजेन्ट र चतुर मानिन्छ । यिनिहरु आफ्नो हृदयको भन्दा पनि मस्तिष्कको कुरा सुन्छन् । यिनीहरुको व्यक्तित्व प्रभावशाली मानिन्छ । मानिस उनीहरुतर्फ चाडैं आकर्षित हुन्छन् ।

मिथुन : यो राशि हुनेहरु निकै समझदार मानिन्छन् । यिनीहरु आफ्नो भित्रि कुरा कहिल्यै कसैसँग शेयर गर्दैनन् । यिनिहरुले कतिबेला के गर्छन् कसैले अन्दाज लगाउन सक्दैन । यही कारणले यिनिहरुले हर क्षेत्रमा सफलता हासिल गर्ने सम्भावना हुन्छ । विजय प्राप्त गर्नु यिनीहरुको मिसन हुन्छ । मिथुन राशि हुनेहरु कुनैपनि अवस्थामा हार्न चाहँदैनन् ।

कर्कट : यो राशिका धनीलाई समझदार मानिन्छ । यिनीहरु निकै इमोशनल प्रकृतिका हुन्छन् । यिनीहरुको निर्णय लिने क्षमता र कार्य गर्ने तरीका अरुको तुलनामा अलग हुन्छ । यिनीहरुलाई हराउन मुश्किल हुन्छ । यिनीहरु आफ्नो सूझबूझबाट हरेक समस्या हल गर्न सक्छन् ।

वृश्चिक : वृश्चिक राशिका मानिस समझदार र चतुर मानिन्छन् । यिनीहरु आफ्नो कुरा कसैलाई भन्दैनन् । यिनीहरुको दिमाग निकै तेज हुन्छ । यिनीहरु कुनैपनि कुरा समय भन्दा पहिले नै अनुमान लगाउन सक्छन् । यही कारणले यिनीहरुले जित्ने सम्भावना बढी हुन्छ । यिनीहरुलाई हराउन लगभग असम्भव जस्तै हुन्छ । कार्यक्षेत्रमा यिनीहरुको प्रदर्शन शानदार हुन्छ ।

मीन : यो राशिका स्वामीहरु बुद्धिमान मानिन्छन् । यिनीहरु चालबाजि मन पराउँदैनन । भविष्यमा सिर्जना हुने समस्या यिनीहरु पहिले नै बुझ्न सक्छन् । यिनीहरु विजयका लागि कडा मेहनत पनि गर्छन् । यिनीहरुलाई हराउन पनि मुश्किल हुन्छ । मीन राशि हुनेहरु जहाँ जे गर्छन् त्यहाँ आफ्नो अलग पहिचान बनाउन सफल हुन्छन् ।

प्रतिक्रिया