गण्डकी, लुम्बिनी र कर्णाली प्रदेश एक/दुई स्थानमा भारी वर्षाकाे सम्भावना

नेपालखोज २०७८ असोज ५ गते ६:२१

काठमाडाैं । हाल भारतको पूर्वी राजस्थान तथा पश्चिम मध्ये प्रदेशको आसपासमा अवस्थित न्युन चापीय क्षेत्रको आंशिक प्रभाव रहेको जल तथा माैसम विज्ञान विभागले जनाएकाे छ । साथै मनसुन न्यून चापीय रेखा औसत स्थान भन्दा हल्का तल रहेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार आज विहान  गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशहरूका सामान्य वदली र वाग्मती र सुदुरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बदली रही अन्य प्रदेशमा आंशिक बदली रहेको छ । लुम्बिनी प्रदेशका केही स्थानहरु, गण्डकी, कर्णाली र सुदुरपश्चिम प्रदेशहरूका थोरै स्थानहरुमा हल्कदेखि मध्यम वर्षा भइरहेकाे छ ।

आज दिउँसाे देशभर सामान्य बदली रहनेछ । वाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशहरूका केही स्थानहरुमा र अन्य प्रदेशहरूका थोरै स्थानहरूमा मेघ गर्जन/ चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाकाे सम्भावना रहेको छ । गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशहरूका एक दुइ स्थानहरुमा भारी वर्षाकाे सम्भावना रहेको छ ।

 त्यस्तै आज राती देशभर आंशिकदेखि सामान्य बदली रही वाग्मती, गण्डकी,  कर्णाली र सुदुरपश्चिम प्रदेशहरूका केही स्थानहरुमा र अन्य प्रदेशहरूका थोरै स्थानहरूमा मेघ गर्जन/ चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा सम्भावना रहेको जल तथा माैसम विज्ञान विभागले जनाएकाे छ । 

वर्षाको सम्भावना रहेका उक्त स्थानका पहाडी भू–भागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिमसँगै नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकाले सतर्क हुन विभागले आग्रह गरेको छ । 

प्रतिक्रिया