आइतबार, असार १५, २०८२

ओकस सम्झौताले आणविक हतियारका प्रतिस्पर्धा गर्छ : उत्तर कोरिया

नेपालखोज २०७८ असोज ५ गते ६:३५

काठमाडौं । उत्तरी कोरियाले ओकस सम्झौताले एसिया–प्यासिफिक क्षेत्रको रणनीतिक सन्तुलनलाई खल्बलाएको बताएको छ ।

अस्ट्रेलिया, बेलायत र अमेरिका बीच भएको रक्षा सम्झौता लाई ओकस सम्झौता भनिन्छ । गत साता ओकस सम्झौतामा तीन मुलुकबीच हस्ताक्षर भएको थियो । यसले आणविक हतियारको प्रतिस्पर्धा सुरु गरेको उत्तर कोरियाको विदेश मन्त्रालयका अधिकारीको दाबी छ ।

सम्झौता अनुसार अमेरिका र बेलायतले अस्ट्रेलियालाई आणविक हतियार प्रविधि निर्माणका लागि सहयोग गर्ने भएका छन् । उक्त सम्झौता दक्षिण चीन सागरमा बढ्दो चिनियाँ प्रभावलाई विस्तार गर्नका लागि सुरु गरिएको बताइएको छ ।

गत साता उत्तर कोरियाले दुई वटा लामो दूरीका क्रुज र ब्यालेस्टिक मिसाइल परीक्षण गरेको थियो ।

प्रतिक्रिया