सात जिल्लामा कांग्रेसको वडा अधिवेशन आज

नेपालखोज २०७८ असोज ५ गते ७:४६

काठमाडौं । नेपाली कांग्रेसको सातवटा जिल्लामा आज वडा अधिवेशन हुदैछ । वडा अधिवेशन गर्न बाँकी रहेका काठमाडौं, काभ्रे, सिन्धुपाल्चोक, मोरङ, कपिलवस्तु, बर्दिया र बाजुरा जिल्लामा वडा अधिवेशन हुन लागेको हो ।

केन्द्रीय निर्वाचन समितिका अनुसार झन्डै ३० हजार क्रियाशील सदस्यता रहेको काठमाडौं जिल्लामा पनि आज नै वडा अधिवेशन हुने छ । विभिन्न ११ वटा स्थानीय तह रहेको काठमाडौँमा एक सय ३८ वडा छन् ।

यसअघि ५७ वटा जिल्लामा भने वडा अधिवेशन सम्पन्न भइसकेको छ । अब क्रियाशील सदस्यता सार्वजनिक हुन बाँकी रहेका विभिन्न १३ जिल्लाका वडा अधिवेशनका लागि भने अलग्गै कार्यतालिका सार्वजनिक गरिने कांग्रेसले जनाएको छ ।

प्रतिक्रिया