नेकपा समाजवादी केन्द्रीय कमिटीको पहिलो बैठक आज

नेपालखोज २०७८ असोज ५ गते ८:३७

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) को केन्द्रीय कमिटी बैठक आज बस्दैछ । पार्टी गठन भएपछिको यो पहिलो बैठक हो ।

भोलिसम्म चल्ने बैठकमा समसामयिक राजनीतिक विषयवस्तु र देशभर सङ्गठन विस्तारबारे छलफल हुने बताइएको छ । बैठकले केही नेताको विभाग हेरफेर गर्ने र केही नेतालाई नयाँ जिम्मेवारी तोक्ने जनाइएको छ । बैठकमा ११३ जना केन्द्रीय सदस्य सहभागी हुने छन् ।

एक महिना अघि नेकपा एमालेबाट नेता माधवकुमार नेपालको नेतृत्वमा अलग भएको समूहले स्थापना गरेको उक्त पार्टीको केन्द्रीय कमिटीको पहिलो वैठक महत्वपूर्ण हुने नेताहरूले बताएका छन् ।

प्रतिक्रिया