सशस्त्रको टोलीमाथि तस्करको ढुङ्गा प्रहार
नेपालखोज
२०७८ असोज ५ गते ८:५२

कञ्चनपुर । दोधारा चाँदनीमा गएराती भारतीय तस्करहरूले सशस्त्र प्रहरीको गस्ती टोलीमाथि आक्रमण गरेका छन् ।
दोधारा चाँदनी नगरपालिका–७ कञ्जभोजमा सशस्त्र प्रहरीको गस्ती टोलीमाथि ढुंगामुढा प्रहार गरेको प्रहरीले जनाएको छ । घटनामा एक सशस्त्र प्रहरी जवान घाइते भएका छन् । घाइते जवानको हात र पाखुरामा चोट लागेको छ ।
सशस्त्र प्रहरी बल नम्बर ३५ गण शैलेश्वरी झलारीका प्रहरी उपरीक्षक वीरेन्द्रबहादुर ऐरका अनुसार सात÷आठ जनाको संख्यामा मोटरसाइकलमा भारतबाट सामान ल्याउँदै गरेका तस्करहरूले सीमाक्षेत्र नजिक ढु्ङगामुढा प्रहार गरेका हुन् ।
भारतबाट तस्करले सामान लिएर आउने क्रमममा गस्ती टोलीले तस्करलाई नियन्त्रणमा लिने क्रममा ढुंगामुढा प्रहार गरी भागेको उनले बताए ।
सम्बन्धित

प्रतिक्रिया