‘सरकारले भ्रष्टाचार र ब्रम्हलुटलाई वैधानिकता दियाे’

नेपालखोज २०७८ असोज ५ गते १०:२७

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले भ्रष्टाचार र ब्रम्हलुटलाई वैधानिकता प्रदान गरेको आरोप लगाएका छन् ।

मंगलबार (आज) बिहान सामाजिक संजालमा उनले वर्तमान ‘अपवित्र’ गठबन्धन सरकारले भ्रष्टाचारलाई संस्थागत गरेको आरोप लगाएका हुन् ।सरकारले पूर्वाधारमा लगानी गर्दा आयस्रोत नखोजिने व्यवस्था गरेर भ्रष्टाचार र ब्रम्हलुटलाई वैधानिकता दिएको उनको भनाइ छ ।

भ्रष्टाचार गरेर आर्जन गरिएको अकुत कालो धनलाई चोख्याउने निर्णय गरिएको बताए। उक्त निर्णय तत्काल फिर्ता लिन माग पनि गरेका छन् ।

प्रतिक्रिया