बिहीबार, वैशाख १३, २०८१

भन्सार एजेन्ट नै तस्करीमा संलग्न !

नेपालखोज २०७८ असोज ५ गते १०:४५

मोरङ । विराटनगरको रानी भन्सारबाट एजेन्टकै मिलेमतोमा भन्सार महसुल नबुझाई सामान भित्रने गरेको खुलेको छ । भन्सार परिसरबाटै अवैध रूपमा सामान भित्र्याउने भन्सार एजेन्ट कृष्ण थापा र सामान आयात गर्ने फर्म पूर्ण कृष्ण ट्रेडर्स निलम्बनमा परेसँगै यस्तो रहस्य खुलेको हो ।

एजेन्ट थापा र ट्रेडर्सलाई विराटनगर भन्सारले दुई महिनाका लागि निलम्बन गरेको छ । भन्सारले करिब ५५ लाख रुपैयाँ धरौटी पनि लिएको भन्सार अधिकृत अमित तिवारीले बताए ।

उक्त फर्म प्रयोग गरेर गैरएजेन्ट राजकुमार रौनियार र लक्ष्मण रौनियारले भारतवाट कपडा आयात गर्ने र एजेन्ट थापाले सामानको भन्सार महसुल नतिराई भन्सार विन्दुवाटै अवैध रूपमा छिराउँदै आएको पुष्टि भएपछि कारबाही गरिएको अधिकृत तिवारी बताउँछन् ।

गैरएजेन्ट राजकुमार रौनियारले गत वैशाखमा एउटै प्रज्ञापनपत्रमार्फत दुई पटक गरी १८–१८ लाख मूल्यका लत्ता कपडा भारतबाट आयात गरेर भन्सार महसुल नतिरी भारतीय नम्बर प्लेटको बीआर ३८ जिए २६०६ पिकअप भ्यान मार्फत भन्सार कटाउँदा प्रहरीले पक्राउ गरेको थियो ।

प्रतिक्रिया