आइतबार, जेठ ६, २०८१

मछिन्द्रले खुमलटार युथलाई ३–० गोल अन्तरले हरायाे

नेपालखोज २०८० जेठ १ गते १७:५१

काठमाडाैं । सहिद स्मारक ए डिभिजन लिग फुटबलमा मछिन्द्र फुटबल क्लबले खुमलटार युथ क्लबलाई हराएको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा आज भएको खेलमा मछिन्द्रले खुमलटारलाई ३–० गोल अन्तरले हराएको हो । 

मछिन्द्रको जितमा ओलावाले अफिजले दुई तथा एन्ड्रिस निया एक गोल गरेका थिए । मछिन्द्रले अग्रता नियाको गोलमा ४२ औं मिनेटमा लिएको थियो ।

जितपछि मछिन्द्रले १८ खेलबाट ३० अंक जोडेको छ । उसले शीर्ष स्थानको जावलाखेलसँगको दुरी एक अंकमा झारेको छ । खुमलटार १७ अंक सहित तालिकाको पुछारमा छ । 

प्रतिक्रिया