बिहीबार, जेठ २, २०८२

दुई करोड जरिवाना ठहर भइ फरार अभियुक्त पक्राउ

नेपालखोज २०७८ असोज ५ गते ११:२६

काठमाडौं । बैंकिङ कसुरका फरार अभियुक्त पक्राउ परेका छन् ।

महानगरीय प्रहरी अपराध महाशाखाका अनुसार ६७ वर्षिय कृष्णबहादुर थापालाई जिल्ला प्रहरी कार्यालय पर्सासंग समन्वय गरी यही असोज दुई गते विरगञ्जको पुर्णिमा चोकबाट पक्राउ गरिएको हो ।

महाशाखाका अनुसार रबिन्द्र थापाको जाहेरीले बैंकिङ कसुरको मुद्धामा उच्च अदालत पाटनबाट वि.सं २०७७ मंसिर २२ गतेको फैसलाले थापा उपर एक करोड २५ लाख रुपैयाँ जरिवाना र थापा कै जाहेरीले बैंकिङ कसुर सम्वन्धी मुद्धामा उच्च अदालत पाटनको २०७७ मंसिर २२ गते कै फैसलाले ७५ लाख रुपैयाँ जरिवाना र १३ दिन कैद सजाय तोकेको थियो ।

यसैगरी बादी राजन श्रेष्ठ रहेको चेक अनादर मुद्धामा पनि वि.सं २०७३ माघ छ गतेको फैसलाले १७ लाख रुपैयाँ जरिवाना र सोको कानुुन वमोजिमको व्याज समेत दाखिला गर्नुपर्नेमा सो नगरी फरार रहेका थिए ।

सोही आधारमा काठमाडाैं जिल्ला अदालतको २०७५ असोज १९ गतेको फैसलाले काठमाडौकौ बुढानिलकण्ठ घर भई बाराको जितपुर बस्दै आएका थापालाई पक्राउ गरेको हो ।

पक्राउ लगत्तै थापालाई फैसला कार्यान्वयनको लागि काठमाडाैं जिल्ला अदालतमा पेस गरिएको महाशाखाले जानकारी दिएको छ ।

प्रतिक्रिया