क्यानडाका प्रधानमन्त्री ट्रुडोले जिते संसदीय निर्वाचन
नेपालखोज
२०७८ असोज ५ गते १२:०५

काठमाडौं । क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले संसदीय निर्वाचन जितेका छन् । उनले कुबेक शहरको पापीनोमा जित हासिल गरेको सीबीसीले उल्लेख गरेको छ ।
प्रधानमन्त्री ट्रुडोले निर्वाचन अधिकृतहरूको प्रशंसा गर्दै ट्वीट पनि गरेका छन् । यसअघि उनको दल लिबरल पार्टीले ट्रुडो प्रधानमन्त्रीका रूपमै कायम रहनका लागि आवश्यक पर्ने सिट संख्या जित्ने अनुमान क्यानडाका सञ्चारमाध्यमहरूले थिए ।
सीटीभी र सीबीसी दुवैले लिबरल दलको सरकार बन्ने अनुमान गरेका छन् । केही समय अघि उनी आफ्नो गृह जिल्ला पुगेका थिए । त्यस क्रममा उनले संवाददाताहरूलाई आफूले ‘पापीनोका उत्कृष्ट सांसदलाई’ मत दिएको बताए ।
सम्बन्धित
प्रतिक्रिया