भीष्मराज ढुंगानाका विषयमा गठित जाँचबुझ समितिले सरकारलाई बुझायो प्रतिवेदन

नेपालखोज २०७८ असोज ५ गते १६:२२

काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगानाले पदीय आचरणविपरीत गरेको कामकारबाही सम्बन्धमा नेपाल सरकार (मन्त्रिपरिषद्) को निर्णयानुसार गठित जाँचबुझ समितिले अध्ययन विश्लेषण गरी निष्कर्षसहितको सिफारिस नेपाल सरकारसमक्ष प्रस्तुत गरेको छ ।

समितिले निर्धारित समय सीमाभित्रै आफ्नो कार्यविधि बनाई सम्बन्धितहरुसँग बयान तथा लिखित धारणाहरु लिइ र आवश्यक कागजातहरु सम्बन्धित निकायबाट झिकाई अध्ययन विश्लेषण गरी निष्कर्षसहितको सिफारिस नेपाल सरकारसमक्ष आज (मंगलबार) प्रस्तुत गरेको छ ।

बोर्डका अध्यक्ष ढुंगानाविरूद्ध धितोपत्रको भित्री कारोबार तथा धितोपत्र व्यवसाय गरी बोर्डलाई हानि नोक्सानी पुर्‍याई बोर्डको हित र पुँजी बजारको विकासविपरीत हुने गरी पदीय आचरणविपरीत कामकारबाही गरेको आरोप लागेको छ ।

धितोपत्रसम्बन्धी ऐन, २०६३ को दफा ७ को उपदफा (७) र नेपाल धितोपत्र बोर्डसम्बन्धी नियमावली, २०६४ को नियम ११ बमोजिम ०७८/०५ /१६ को नेपाल सकार (मन्त्रिपरिषद्) को निर्णयानुसार गठित जाँचबुझ समितिले निष्कर्षसहितको सिफारिस नेपाल सरकारसमक्ष प्रस्तुत गरेसँगै अब कार्यान्वयन गरी आम लगानीकर्ताको हित संरक्षण गर्ने दायित्व नेपाल सरकारमै छ ।

प्रतिक्रिया