शनिबार, मंसिर २९, २०८१

चाैबीस घण्टामा १ हजार ३३० संक्रमित थपिए, १ हजार ८३० जना डिस्चार्ज

नेपालखोज २०७८ असोज ५ गते १६:२९

काठमाडाैं । नेपालमा पछिल्लो चौबीस घण्टामा १ हजार ३३० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । सोही अवधीमा १ हजार ८३० जना कोरोना संक्रमित निको भई डिस्चार्ज भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको ९ हजार ६२६ जनाको पीसीआर परीक्षणबाट १ हजार ३६ र ३ हजार ९९६ जनामा गरिएको एन्टिजेन परीक्षणमा २९४ जना गरी जम्मा १ हजार ३३० जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै चौबीस घण्टामा ५ जनाको कोरोनाका कारण मृत्यु भएको छ । नेपालमा हाल मृत्यु हुनेको संख्या ११ हजार ५३ पुगेको छ ।

प्रतिक्रिया