राजनीतिक नियुक्ति पाएका सबै राजदूतलाई फिर्ता बोलाइने

काठमाडौं । सरकारले राजनीतिक नियुक्ति पाएका सबै राजदूतलाई फिर्ता बोलाउने भएको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले राजनीतिक नियुक्ति पाएका सबै राजदूत फिर्ता बोलाउने निर्णय गरेको कानुन, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।
आजको बैठकले केपी ओली सरकारले राजनीतिक नियुक्ति दिएर पठाएका राजदूतहरू फिर्ता बोलाउने निर्णय गरेको हो । यो निर्णयसँगै अमेरिकाका लागि नेपाली राजदूत युवराज खतिवडा, बेलायतका लागि नेपाली राजदूत लोकदर्शन रेग्मीलगायत अन्य देशमा नियुक्त भएका राजदूतहरु फिर्ता हुनेछन् ।
त्यस्तै, मन्त्रिपरिषद् बैठकले कोभिड–१९ संकट व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र औषधि ऐन २०३५ लाई संशोधन गर्न बनेको विधेयक संघीय संसदमा पेस गर्न स्वीकृती प्रदान गर्ने, कोभिड–१९ व्यवस्थापन आदेश २०७८ स्वीकृत गर्ने र संयुक्त राष्ट्र संघको ७६औँ महासभामा भाग लिन जाने प्रतिनिधि मण्डल गठन गर्ने निर्णय गरेको प्रवक्ता कार्कीले जानकारी दिए ।

प्रतिक्रिया