मंगलबार, वैशाख ११, २०८१

के छ विष्णु पुराणमा ?

नेपालखोज २०७८ असोज ६ गते ५:००

सनातन वैदिक संस्कृति संसारको एक मात्र सबैभन्दा प्राचीन संस्कृति हो जसलाई आज हिन्दु धर्मसमेत भन्ने गरिएको छ । हिन्दु संस्कृति एकमात्र यस्तो सनातन संस्कृति हो जुन धर्म मात्र नभई एक जीवन जिउने कला भएको छ । हिन्दु धर्ममा जन्मदेखि लिएर मृत्यु र त्यो भन्दा पनि माथि मृत्यु पश्चातको १६ संस्कार इत्यादिसम्म गर्नुपर्ने कामहरु निर्देशित गरिएको छ । यो धर्म सीधा ब्रह्माको सृष्टि, विष्णुको स्थिति र शिवको संहारद्वारा चलिआएको छ भन्ने मान्यता रहँदै आएको छ ।

भगवान विष्णुलाई पुराण पुरुषसमेत भन्ने गरिएकाले यस धर्म विष्णुद्वारा चलिआएको समेत भन्ने गरिन्छ । सनातन संस्कृतिमा समेत भगवान केवल एक रहेको र उनले अनेक रूप लिएका छन् जुन भगवान् हुन् भनेर भनिएको हामीले सुन्न सक्छौं ।

बाँकी सबै देवी देवता हुन् जो सृष्टिको कार्यमा सहायक रहेका छन् । भगवान् श्री राम (श्री कृष्ण)को जन्म साधारण मानवको रुपमा नभई विशेष मानिसको रुपमा भएको थियो ।

त्यसैले धेरै कम मानिसहरुले मात्रै हिन्दु अज्ञानता बस भगवान् श्री राम( कृष्ण)लाई समेत जन्म र मृत्यु भोग गर्ने पात्रको रुपमा व्याख्या गर्ने गरेका छन् । भगवानको कहिलै पनि जन्म हुँदैन, यो नै भगवानको दिव्य लीला हो ।

प्रतिक्रिया