शुक्रबार, चैत १६, २०८०

आन्दोलनरत प्राध्यापकलाई वार्तामा आउन आग्रह

नेपालखोज २०७८ असोज ६ गते ९:१५


काठमाडाैं । मध्यपश्चिम विश्वविद्यालयले लामो समयदेखिको तालाबन्दीका कारण कार्यसम्पादन प्रभावित भएको भन्दै आन्दोलनरत प्राध्यापक सङ्गठनलाई वार्तामा आउन आग्रह गरेको छ ।

विश्वविद्यालयले मङ्गलबार साँझ विज्ञप्ति जारी गर्दै आन्दोलनरत पक्षलाई आज साँझसम्म वार्तामा आउन आग्रह गरेको हो । विश्वविद्यालयले आज साँझसम्म वार्तामा नआए आफैँ ताला खोल्ने चेतावनी दिएको छ ।

विश्वविद्यालयले तालाबन्दीका कारण विद्यार्थी सङ्गठनसँग भएका सहमति कार्यान्वयन गर्न, एघारौँ सभासम्बन्धी तयारी गर्न, बजेट निकासा र खर्चको प्रक्रिया एवं दैनिक प्रशासनिक कार्यसञ्चालन गर्न अवरोध पुगेको जनाएको छ ।

प्रतिक्रिया