कांग्रेस नेता खड्काले आजबाट परराष्ट्रमन्त्रीको कार्यभार सम्हाल्ने

नेपालखोज २०७८ असोज ६ गते ९:३२

काठमाडौं । कांग्रेस नेता डा. नारायण खड्काले आज (बुधबार) परराष्ट्रमन्त्रीको शपथ लिने भएका छन् । मंगलबार (हिजो) बसेको गठबन्धन बैठकमा नेता खड्कालाई परराष्ट्रमन्त्री बनाउने सहमति भएकाे थियाे ।

प्रधानमन्त्री शेरबहादुर देउवाकाे सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले खड्कालाई मन्त्री नियुक्त गरेर आजै पद तथा गोपनीयताको शपथ खुवाउने कार्यक्रम रहेकाे छ । पराष्ट्रमन्त्रीको शपथ ग्रहण गरेर कार्यभार सम्हालेलगत्तै उनी न्यूयोर्क जाने बताइएको छ ।

प्रतिक्रिया